बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विवादास्पद चुनावमा जीत हासिल गर्दै

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विवादास्पद चुनावमा जीत हासिल गर्दै

कहिरन

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विवादास्पद चुनावमा जीत हासिल गर्दै लगातार चौथो कार्यकाल सुनिश्चित गरेकी छन् ।  आफ्नो पार्टी अवामी लिग र उनका सहयोगीहरूले ३०० संसदीय सिटमध्ये कम्तीमा १ सय ५२ सिटमा जित हासिल गरेपछि हसिनाले अर्को पाँच वर्ष कार्यभार सम्हाल्ने भएकी हुन्।

प्रमुख विपक्षी बंगलादेश नेसनलिस्ट पार्टीले चुनाव बहिष्कार गरेपछि हसिनाको पार्टी र सहयोगीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ।  बिएनपीले निर्वाचन ठगी भएको आरोप लगाएको छ ।

आइतबारको नतिजा बीएनपी नेता र समर्थकहरूको सामूहिक गिरफ्तारीपछि आएको हो। आधिकारिक तथ्याङ्कहरूले लगभग ४०% को मतदान भएको देखाएको छ । यद्यपि आलोचकहरूले यो सङ्ख्या पनि बढाइएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । सन् २००९ मा पुनः निर्वाचित भएकी हसिना त्यसयता लगातार सत्तामा छिन् । उनको यो कूल पाँचौँ कार्यकाल हो।