डेढ वर्षमा झापामा हात्ती आक्रमणबाट १२ जनाको मृत्यू

डेढ वर्षमा झापामा हात्ती आक्रमणबाट १२ जनाको मृत्यू


झापा । डेढ वर्षको अवधिमा झापामा हात्ती आक्रमणबाट १२ जनाको मृत्यू भएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको मृत्यू भएको हो ।

डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विसं २०८० को वैशाखदेखि हालसम्म एक गैर नेपालीसहित छ जनाको हात्ती आक्रमणमा मृत्यू भएको छ । गत वर्ष ७ जनाको मृत्यु भएको थियो । सोही अवधिमा छ हात्ती मरेको तथ्याङ्क वन कार्यालयमा छ ।

झापामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने यो सिलसिलाबाट अहिले पनि झापा, मोरङ र सुनसरी आक्रान्त छन् ।

भारतबाट आहारा खोज्न नेपाल प्रवेश गर्ने हात्तिले खेतबारीमा लगाएका अन्न र फलफुल खाएर विनाश गर्ने तथा मानिसलाई आक्रमण गर्ने गरेका छन् ।