सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउछौं : मन्त्री ज्वाला

सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउछौं : मन्त्री ज्वाला


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन हुने बताएका छन् । मन्त्री ज्वालाले विकास, निर्माणको काममा समस्या उत्पन्न गरेकाले त्यसलाई सरकारले छिट्टै समयानुकुल हुनेगरी परिमार्जन गर्नका लागि मन्त्रीपरिषद्मा पेश गरिएको पनि जानकारी दिए ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले आज सानेपामा आयोजना गरेको एक कार्यक्रममा उनले आगामी संसद अधिवेशनमा त्यसलाई विधेयकमा रुपमा सरकारले पेश गर्ने समेत बताए । विकासमैत्री ऐन मुलुकका लागि आवश्यक भएकाले पनि सरकारले सो ऐन बनाउने काममा ढिलाई नगर्ने मन्त्री ज्वालाको भनाई छ ।

मन्त्री ज्वालाले यातायात व्यवसायीहरुको माग सम्बोधन हुनेगरी सार्वजनिक सडक सम्बन्धि कानून र सवारी तथा यातायात सम्बन्धि कानूनलाई नयाँ रुपमा अगाडि बढाउनु पर्छ भनेर आफू प्रयासरत रहेको समेत बताए ।

मन्त्री ज्वालाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि कानूनी रुपमै धेरै विषयहरु सम्बोधन गर्नुपर्ने भएकाले सरकारले त्यसलाई प्राथमिकताका साथ अघि बढाएको दाब समेत गरे ।