नेवानिका विमान चालकको नक्कली प्रमाणपत्र, अख्तियारद्वारा मुद्धा

नेवानिका विमान चालकको नक्कली प्रमाणपत्र, अख्तियारद्वारा मुद्धा


काठमाडौँ । नेपाल वायुसेवा निगमका विमान चालकले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी जाखिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।

निगमका विमान चालक सम्राट बहादुर शाहले ९ वर्षअघि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको पाइएको भन्दै अख्तियारले आज विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरको हो । शाहले २०७१ सालमा क्याप्टेन पदमा नियुक्त भइ आठौं तहमा बढुवा हुँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको पाइएको अख्तियारको दावी छ ।

शाहीले भारतको उत्तरप्रदेशस्थित सेकेन्डरी एजुकेशन काउन्सिलअन्तर्गत भिएसजे इन्टरकलेज गोरखपुरबाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको झुट्टा प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले घिमिरेले बताए ।

यस्तै घुस रकमसहित पक्राउ परेका प्रहरी नायब निरीक्षकविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदले लागू औषध मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार घुुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।