गायक यश कुमारको नयाँ गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक

गायक यश कुमारको नयाँ गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक

कहिरन

गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको नयाँ गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक भयो । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँराती लगायतकामे उपस्थितीमा गीत सार्वजनिक गरिएको हो ।  कार्यक्रममा मन्त्री किरातीले गीत संगीतले समाजमा सकारात्मकता प्रवाह गर्ने बताए ।

‘यो गीत हेरेपछि मलाई असहज पनि भयो । किनकि यो गीतले हाम्रो एउटा समाजको कथालाई देखाएको छ । यो भिडियो हेरेपछि समाजले केही सिक्छ भन्ने लागेको छ’, मन्त्री किरातीले भने, ‘यसलाई मनोरंजनको रुपमा मात्र लिनु हुँदैन ।’ उनले मनाङ्ग र मुस्ताङ्गमा बढेको पर्यटक नेपाली गीतसंगीत र सिनेमाको योगदान रहेको भन्दै यसलाई उद्योगको रुपमा विकसित गर्नुपर्ने धारणा राखे ।

गायक यश कुमारले गीतसंगीतको माध्यमबाट  मनोरञ्जनसँगै संदेश प्रभाव गर्न खोजेको बताए । ‘मैले सुरुआती समयदेखी नै गीतसंगीतले पार्ने प्रभावको बारेमा बुझेर त्यहिँ अनुरुप सिर्जना गरिरहेको छु । यसपटक पनि दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु । यसले समाजमा थोरै भएपनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छुु, यश कुमारले भने ।

भिडियोमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारको अभिनय छ । गीतको भिडियोमा ब्राहामण समुदायको युवा र लिम्बु समुदायकी युवतीबीचको पे्रम बुनिएको छ । गायक यशले यो गीतलाई आफुले मौलिक र टिपिकल देखाउन लिम्बु समुदायको बोलीचालीको भाषा प्रयोग गरेकाले यसलाई दर्शकहरुले अश्लिल शब्दको रुपमा बुझेर गाली नगरी दिन आग्रह गरेका छन् ।

तर भिडियोमा केटा र केटीका बाबुले जात र धर्मलक्षित आपत्तिजनक शब्दहरु बोलेको समेटिएको छ । केटीका बुवाले केटीलाई ‘तँ सुँगुरको मासु खानेकी छोरीलाई घरमा भित्र्र्याएर मेरो संस्कारलाई जुठो बनाउँछु र’ भनेका छन् भने केटाका बुवाले ‘तँ पशुको मुत खाने चोखो, म मासु खाने जुठो’ भन्ने जस्ता शब्द राखिएका छन् । यसले विवाद निम्त्याउन सक्छ ।

हुन गीत सार्वजनिक अगाडि यश कुमारले भिडियोको प्रोमो सार्वजनिक गरेका थिए । जसको सामाजिक संजालमा केहीले आलोचना भएको थियो । भिडियो विज्ञान राईले निर्देशन गरेका हुन् ।