नेपाल पर्यटन बोर्डले पोखरा पर्यटन परिषदलाई सम्मान

नेपाल पर्यटन बोर्डले पोखरा पर्यटन परिषदलाई सम्मान

कहिरन

नेपाल पर्यटन बोर्डले पोखरा पर्यटन परिषदलाई सम्मान गरेको छ । बोर्डको वार्षिकोत्सवको अवसरमा पोखराका दुईवटा संस्थालाई सम्मान गरिएको हो । परिषद सँगै माउण्ट कैलाश रिसोर्ट पनि सम्मानित भएको छ ।

उनीहरुले पोखराको पर्यटन विकासमा पु¥याएको योगदानलाई सम्मान गरिएको बोर्डले जनाएको छ । पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ र रिसोर्टका सञ्चालक नरेश भट्टराईलाई सम्मान गरे ।

पर्यटन परिषदले पर्यटन बोर्डको प्रबद्र्धनात्मक कार्यमा सहयोग, सहकार्य र साझेदारी गरेको थियो भने रिसोर्टले पर्यटकलाई स्तरीय सेवा प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ ।