तरूण दलले जाजरकोटका भूकम्पपीडितलाई अस्थायी टहरा निर्माण

तरूण दलले जाजरकोटका भूकम्पपीडितलाई अस्थायी टहरा निर्माण

कहिरन

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले जाजरकोटका भूकम्पपीडितलाई बसोबासका लागि अस्थायी टहरा निर्माण गरेको छ।

केन्द्रीय सदस्य दीपेन्द्र पोख्रेलका अनुसार मंगलबारसम्म ६० वटा टहरा निर्माण भइसकेका छन्।

अध्यक्ष विद्वान गुरूङसहित तरूण दलमा आबद्ध युवाहरू भूकम्पपीडितलाई टहरा बनाउन श्रमदानमा खटिएका छन्।

‘हामीले श्रमदान गरेको आज ८ दिन पुगेको छ। अहिलेसम्म ६० टहरा निर्माण गरिसकियो,’ पोख्रेलले भने, ‘रिम्ना, पिपे, रावत गाउँलगायत ठाउँमा टहरा निर्माण गरिएको छ।’

तरूण दलको टोली मंगलबार खलंगा जानेछन्। त्यहाँ करिब ३० वटा टहरा बनाउने तयारी छ।

नेपाली कांग्रेसले पनि इन्जिनियरसहित विभिन्न टोली खटाएर जाजरकोट र रूकुम पश्चिममा टहरा निर्माणमा श्रमदान गरेको थियो।