नेपालमा पहिलो पटक एलजीबीटीआई अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुने

नेपालमा पहिलो पटक एलजीबीटीआई अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुने


काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पहिलो पटक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अन्तराष्ट्रिय पर्यटन सम्मेलन हुने भएको छ । ‘यात्रा टु ह्यापिनेस’ भन्ने नाराका साथ आगामी जनवरी १८ र १९ तारिखमा अन्तराष्ट्रिय पर्यटन सम्मेलन हुने भएको हो ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपाल, पहिचान फाउण्डेशन र गोर्खा इन्टरनेशन रेन्बोले बोर्डमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन प्रवद्र्धनका लागि सम्मेलन गर्न लागेको जानकारी दिएका छन् ।

आयोजकका तर्फबाट पहिलो संविधान सभा सदस्य सुनिल बाबु पन्तले सम्मेलनले यो समुयदायको आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्य लिएको जानकारी दिए । नेपालमा २३ वर्ष लगाएर यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकार प्राप्त भएको भन्दै अब आर्थिक र पर्यटकीय रुपमा अघि बढ्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

पत्रकार सम्मेलनमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्ष निलहरि बास्तोलाले यो समूदायलाई पनि पर्यटन क्षेत्रसँग जोड्न सकिने भन्दै नेपालमा यसको सम्भावना निकै उच्च रहेको बताए ।