क्रिस्टियानो रोनाल्डोको सन् २०२३ मा ५० औँ गोल

क्रिस्टियानो रोनाल्डोको सन् २०२३ मा ५० औँ गोल

कहिरन

क्रिस्टियानो रोनाल्डोले सन् २०२३ मा ५० औँ गोल गर्दा अल–नासरले अल–शबाबलाई ५–२ गोलले हराउँदै साउदी किंग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रियल मड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्डले दोस्रो हाफमा टोलीको चौथो गोल गरेका थिए । यो सिजन उनको गोल सङ्ख्या २६ पुगेको छ । यसमध्ये १६ गोल उनले साउदी प्रो लिगका १५ खेलमा गरेका हुन् ।

तीन दिनअघि अल–रियादलाई ४–१ गोलले हराउने क्रममा रोनाल्डोले १२ सयौँ व्यावसायिक खेल खेलेका थिए । उक्त खेलमा पनि उनले एक गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गरेका थिए ।