कृषिको रूपमा सूचीकृत नर्गदा संकटमा चिया व्यवसाय

कृषिको रूपमा सूचीकृत नर्गदा संकटमा चिया व्यवसाय


काठमाडौँ । अर्बौँ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय संकटमा परेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा यस वर्ष दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर संकट निम्तिएको बताएका हुन् ।

सरकारले चियालाई कृषिको रूपमा सूचीकृत नगरेर उद्योगसरह विद्युतीय महसुल लगाउँदा सिँचाइमा समस्या, अक्सन बजारको अभावले अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन नसक्दा व्यावसाय नै संकटमा परेको उनीहरुको भनाइ छ ।

नेपाली चिया भारत, चीन, श्रीलङ्का, रसिया, नेदरल्याण्डलगायतका राष्ट्रमा पुग्ने गरेको छ । चालु आर्थिक वर्षमा नेपालबाट अर्थोडक्स र सिटीसी चिया निर्यातबाट करिब आठ अर्बको विदेशी मुद्रा भित्रिने आकलन बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताए ।

गत वर्ष चिया निर्यातबाट मात्र नेपालमा तीन अर्ब ८० करोड रकम भित्रिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।