त्रिभुवन विमानस्थलबाट फेरी साढे ६ किलो सुन बरामद

त्रिभुवन विमानस्थलबाट फेरी साढे ६ किलो सुन बरामद

कहिरन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका  डिआइजी अर्जुन चन्द ठकुरीले फ्लाइ दुबईको जहाजमा आएका यात्रुको साथबाट गए राति साढे ६ केजी सुन बरामद गरिएको बताए ।

‘गए राति ११ बजेर ५१ मिनेटमा फ्लाइ दुबईको जहाज अवतरण भएको थियो,’ उनले भने, ‘राति १२;४५ बजे चेकजाँच गर्दा ज्याकेटमा खल्ती बनाएर छ थान बिस्कुटजस्तो अर्ध ठोस अवस्थाको सुन बरामद गरिएको हो ।’

सुन अर्ध ठोस बनाउनुको कारण मेटल डिटेक्टरमा आवाज आउँदैन कि भन्ने रहेको बुझिएको उनले बताए । ‘उक्न सुन ६ किलो पाँच सय ६५ ग्रामको छ,’ उनले भने ।

सुन बोक्ने व्यक्ति ३२ वर्षीय इजिप्टका नागरिक सेरिफ मोहम्मद मोहम्मद ल्यासिन रहेको डिआइजी चन्दले बताए ।