आयो नयाँ अफर मोबाईल बैंकिङमा

आयो नयाँ अफर मोबाईल बैंकिङमा

कहिरन समाचार

नेपाल क्लियरिङ हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा ‘ट्विस्ट अफ टु’  अफर सार्वजनिक गरेको छ ।

सो अफरअन्तर्गत हरेक हप्ता मोबाइल बैंकिङको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड ट्रान्सफर गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरूमध्ये एक सय दुई जनाले १०२ रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।

सो अफर यही आज (आइतबार) देखि असोज २९ गतेसम्म लागु हुने कम्पनीले जानकारी दिएको छ।

आइतबारदेखि शनिबारसम्मको समयावधिमा लक्की ड्रमार्फत साप्ताहिक विजेताहरू छानिनेछन् र सोको जानकारी हरेक हप्ताको अन्त्यपछि प्रकाशन गरिने बताइएको छ।

फण्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरी फण्ड ट्रान्सफर वा सेन्ड मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसलाई छनोट गर्नुपर्ने हुन्छ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका लागि मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।