आरती साहका श्रीमानलाई थुनामै पठाउन सर्वोच्चको आदेश

आरती साहका श्रीमानलाई थुनामै पठाउन सर्वोच्चको आदेश


काठमाडौं । जनकरपुरधामकी आरती साहको मृत्यु प्रकरणमा उनका श्रीमान् मोतिवाबु साहलाई थुनामै पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायधीशद्धय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उच्च अदालत जनकपुरको आदेश बदर गरिदिएको छ ।

उच्च अदालतले गत असोज १८ गते मोतिबाबुलाई साधारण तारेखमा छाडेको थियो । त्यस निर्णयलाई उल्ट्याउँदै आजको इजलासले आरतीका ससुरा मदन मोहन साहलाई १ लाख रुपैंया धरौटी बुझाउन आदेश भएको छ ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले अदालतमा जाहेरी दिएको थियो । आरतीको न्यायका लागि उनका माइतीपक्षले काठमाडौंको माइतीघर मण्डलामा महिनौंसम्म धर्नामा बसेका थिए ।