इलामलाई हराउँदै पोखरा थन्डर्स शिर्ष स्थानमा उक्लियो

इलामलाई हराउँदै पोखरा थन्डर्स शिर्ष स्थानमा उक्लियो


काठमाडौं । पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) फुटबलको शिर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा स्पोर्टिङ इलाम एफसीलाई १–० ले हराउँदै थन्डर्सले शिर्ष स्थान कब्जा जमाएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेपनि खेलको दोस्रो हाफमा पोखराले गोलको खडेरी तोड्न सफल भयो । पोखराको जितमा खेलको ४७ औँ मिनेटमा सञ्जिव बिष्टले गोल गरे ।

जितसंगै पोखराले ८ अंक जोडेको छ । जारी लिगमा सात अंकको धनगढी दोस्रो स्थानमा छ ।

प्रतियोगिता अन्तर्गत भोली एफसी चितवन र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।