इंग्लिस प्रिमियर लिग: लुटनमाथि आर्सनलको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिग: लुटनमाथि आर्सनलको रोमाञ्चक जित

कहिरन

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिग लिडर आर्सनलले रोमाञ्चक जित हात पारेको छ। आर्सनलले मंगलबार राति भएको खेलमा लुटन टाउनमाथि ४-३ गोलको जित निकालेको हो।

आर्सनलका लागि मार्टिनेलीले २० र गाब्रियल जेससले ४५ मिनेटमा गोल गरेका थिए। लुटनका ओशोले २५ मिनेटमा बराबरी गोल गरे पनि जेससले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दा आर्नसनल पहिलो हाफमा २-१ ले अघि रह्यो।

४९ मिनेटमा अडेबायो र ५७ मिनेटमा बार्कलीले गोल गरेपछि खेलमा लुटन ३-२ ले अघि बढेको थियो। तर ६० मिनेटमा आर्सनलका हाभार्टले बराबरी गोल गर्दा खेल ३-३ को बराबरीमा आएको थियो।

दोस्रो हाफको इन्जुरी टाइमको सातौं मिनेटमा आर्नसलका लागि राइसले गोल गरे। ओडेगार्डको पासमा राइसले गोल गर्दा आर्सनलले ७ गोलको रोमाञ्चक खेलमा जित निकाल्न सफल भयो।

जितपछि शीर्ष टिम आर्सनलको १५ खेलबाट ३६ अंक भएको छ। दोस्रो स्थानको लिभरपुलको ३१ र तेस्रो स्थानको म्यानचेस्टर सिटीको ३० अंक छ। दुवैले १४-१४ खेल खेलेका छन्। लुटन भने ९ अंकसहित १७औं स्थानमा छ।