इजरेलको आक्रमणबाट गाजामा ६० प्रतिशत भौतिक संरचना ध्वस्त

इजरेलको आक्रमणबाट गाजामा ६० प्रतिशत भौतिक संरचना ध्वस्त

कहिरन

एजेन्सी । इजरेलको आक्रमणबाट गाजामा ६० प्रतिशत भौतिक संरचना ध्वस्त भएका छन्।

अक्टोबर ७ (असोज २०)यता इजरेलली सैनिकको हवाइ आक्रमणबाट ६० प्रतिशत घरहरू ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजरेलको आक्रमणमा परेका ३ लाख ५ हजार घरमध्ये ५२ हजार पूर्ण ध्वस्त र २ लाख ५३ हजार घरहरूमा आंशित क्षति पुगेको सिएनएनले उल्लेख गरेको छ।

इजरेलले एक साताको युद्धविरामपछि गाजामा हमासविरूद्ध अझै सशक्त ढंगले आक्रमण बढाएको छ।

उसले दक्षिणी गाजामा पनि आक्रमण बढाएको छ।

अक्टोबर ७ यता इजरेलली सैनिकको आक्रमणबाट गाजामा अहिलेसम्म १६ हजारभन्दा बढी प्यालेस्टिनियन

नागरिकहरूको मृत्यु भइसकेको छ।

अक्टोबर ७ मा हमासले इजरेलमाथि आक्रमण गर्दा १२ हजार जनाको मृत्यु भएको थियो। त्यहाँबाट २३९ जनालाई बन्दी बनाएर हमासले गजा पुर्‍याएको थियो। सात दिनको युद्धविराममा १०४ जना बन्दीमात्रै मुक्त गरेको छ।

नेपालका विपिन जोशीसहित १३६ जना अझै हमासको बन्धकमा छन्।