नेप्से घट्ने क्रम निरन्तरता

नेप्से घट्ने क्रम निरन्तरता

कहिरन

मंगलबार पनि नेप्से घट्ने क्रमले निरन्तरता पाएको छ।

यस दिन नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ बिन्दुमा बन्द भएको छ।

मंगलबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ रूपैयाँ पुगेको छ।

यस दिन २९२ वटा धितोपत्रको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार सिंगटी हाइड्रोपावको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रति कित्ता मूल्य २७५ रूपैयाँ पुगेको छ।

यस्तै, सिभिल बैंक डिवेञ्चर २०८८ को मूल्य ७.३६ प्रतिशतले बढेर प्रति डिवेञ्चर मूल्य ९९९ रूपैयाँ पुगेको छ।

मंगलबार विशाल बजारको सेयर मूल्य सर्वाधिक ९.५३ प्रतिशतले घटेको छ।

उक्त कम्पनीको सेयर मूल्य तीन हजार ४१० रूपैयाँ ६० पैसामा सीमित भएको छ।

यस्तै, माउन्टेन इनर्जीको सेयर मूल्य ८.९४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४३४ रूपैयाँ ९० पैसा कायम भएको छ।

मंगलबार माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको ३६ करोड २९ लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिटिजन्स लाएफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४६१ रूपैयाँमा ८ करोड १८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जीवन बीमा समूहको परिसूचक ०.१६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।

यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.५७ प्रतिशतले घटेको छ।