सिंहदरबार प्रवेशमा कडाइ

सिंहदरबार प्रवेशमा कडाइ

कहिरन

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ।

बहिर्गमित लडाकूले प्रदर्शन गर्न सक्ने आशंकामा सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो।

सिंहदरबार प्रवेश गर्ने दक्षिणसहित गेटमा मंगलबार बिहानदेखि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बहिर्गमित लडाकूले प्रदर्शन गर्न सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

सिंहदरबार छिर्ने मानिसहरूलाई प्रहरीले चेकजाँच गरेको छ। प्रहरीले सवारी साधन तथा मानिसहरूका झोला चेकजाँच गरेर मात्र सिंहदरबार प्रवेश गर्न दिएको छ।