महामन्त्री विश्वप्रकाश शर्मा : अहिले सरकार फेरबदलको कुरा छैन

महामन्त्री विश्वप्रकाश शर्मा : अहिले सरकार फेरबदलको कुरा छैन

कहिरन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन्।

उनले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमासमेत कुनै कुरा नभएको बताए।

महामन्त्री शर्माले सरकारबाट भएका कमीकमजोरीको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उल्लेख गरेका छन्।

कांग्रेसकै सरकार हुँदा पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको उनले बताए।

सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले बताए।

पार्टीले आयोजना गर्न लागेको महासमिति बैठकले नीति बनाउने उनले बताए।