एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरूलाई सम्मान

एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरूलाई सम्मान

कहिरन

एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरूलाई सम्मान गरेको छ।

मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित यस प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको छ।

यस प्रतियोगितामा १८ वर्षिय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार जित्न सफल भएका छन्।

सन्तोष शाक्य र उनको समूहले फस्ट रनरअपका रुपमा विजयी बनेर ७५ हजार नगद पुरस्कार जितेको छ भने १६ वर्षिय प्रयत्न थापा र उनको समूहले सेकेन्ड रनरअप बनेर ५० हजार रूपैयाँ नगद पुरस्कार जित्न सफल भएको छ।

प्रतियोगितामा सहभागीता जनाएका लघु चलचित्रहरुमा प्रतियोगीहरूले आ–आफ्नै भिन्न शैलीमा कथाहरू पस्किएका थिए। प्रतियोगितामा मनोज भेले र अवेनिस थापालाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको थियो र प्रकाश नगरी र उनको समूहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको थियो।

एनसेल लघु चलचित्र प्रतियोगिताले सिर्जनशील फिल्म निर्माताहरूलाई उनीहरूका काम र प्रतिभालाई आम दर्शकसामु पुर्‍याउने अवसर प्रदान गर्दछ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘विजयीहरुलाई धेरै धेरै बधाई। दीदी र भाइको विषेश सम्बन्धलाई ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत प्रस्तुत गर्दै यस प्रतियोगितामा सहभागीता जनाउने हरेक व्यक्ति तथा समूहहरूलाई धन्यबाद दिन चाहन्छु। यो प्रतियोगितामा विजयी भएका प्रत्येक सहभागीले आफ्नो नयाँ पहिचानका साथ राम्रो काम गर्न सक्नुहुन्छ।’

‘स्टोरीटेलिङ एउटा महत्वपूर्ण सीप हो र यसले हाम्रा समाजका सामाजिक, वातावरणीय र सांस्कृतिक मुद्दाहरूलाई उजागर गर्दै मानिसको मन र विचार बदल्न सक्दछ।’ उनले थपे।

स्थानीय कन्टेन्ट अर्थात सामाग्री र प्रतिभाको विकासमा सहयोग पुर्‍याउने हेतुले आयोजना गरिको यो प्रतियोगिता आकर्षक कथा र प्रस्तुतिमार्फत् दर्शकको मन जित्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समूहलाई लक्षित थियो।

यस प्रतियोगितामा सहभागी हुन प्रतियोगीहरूले दीदीभाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्ने शर्त रहेको थियो। साथै ‘हामी तपाईंकै लागि’ विषयवस्तु वरिपरि कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गनुपर्ने शर्तहरू थिए।