उम्मेदवार छनौटमा कांग्रसमा विवाद

उम्मेदवार छनौटमा कांग्रसमा विवाद

कहिरन समाचार

पश्चिम नवलपरासीमा नेपाली कांग्रेसका उम्मेदवार छनोटमा विवाद भएको छ ।  विवादका कारण संघ र प्रदेशको उमेद्वारको नाम सिफारिस हुन सकेको छैन । संघ र प्रदेशको  उमेदवारहरुको नाम सिफारिस गर्न  शनिबार बसेको नेपाली कांग्रेस पश्चिम नवलपरासीको बैठक स्थगित भएको छ ।

पार्टीका केन्द्रय सदस्य देवेन्द्रराज कडेल र संविधान सभा सदस्य बिक्रम खनालबीच गुटको विवादका कारण उम्मेदवारको नाम सिफारिस हुन नसकेको हो । शनिबारको बैठक २०  बस्ने गरी स्थगित गरिएको नेपाली कांग्रेसका उपसभापति विक्रम यादबले बताए । केन्द्रले खटाएका प्रतिनिधि मानबहादुर नेपाली दुई गुटको बिबादका कारण शनिबार बसेको बैठकमा आएनन् । विवादका कारण  केन्द्रीय प्रतिनिधि बैठकमा नआएपछि बैठक स्थगित भएको सचिव कुलदिप आर्चायले बताए ।

शनिबार बसेको बैठकले आगामी २० गते पुनः बैठक बस्ने गरि स्थगित गरेको छ । २० गतेको बैठकमा  केन्द्रबाट अर्का प्रतिनिधि र प्रदेश सभातिलाई समेत बोलाएर उम्मेदवारको नाम  सिफरिस गर्ने  सहमति भएको उपसभापति  यादबले बताए ।

उता  केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेल पक्षका रामग्राम नगरसभापति श्रीधर बस्याललाई हटाएर उपसभापति नाथुप्रसाद यादबलाई कार्यवाहक र संघीय निर्वाचन क्षेत्र नम्वर २ क्षेत्रीय सभापति माधब पाण्डेलाई हटाएर  याम प्रसाद  भुसाललाई कार्यवाहक दिएपछि कांग्रेस नवलपरासीको विवाद झन् बल्झिएको नेताहरुले बताएका छन् । रामग्राम नगरसभापति बस्याल र क्षेत्रीय सभापति पाण्डेलाई हटाएको विषयमा आइतबार छलफल गर्ने सहमति जनाइएको छ ।