युवा संघले काठमाडौँको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन

युवा संघले काठमाडौँको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन

कहिरन

नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेत लगायत युवासंघका नेता, कार्यकर्ताहरु रहेका छन् । युवा संघका नेता कार्यकर्ताहरूले पार्टीको झण्डासहित तीनकुनेमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रष्टाचार, अपराध लगायतका बेथितिबिरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेर विरोध जनाएका छन् ।

सहभागी प्रदर्शनकारीहरुले अति भयो अन्याय र अत्याचार, कति सहने राज्य आतंक ? गणतन्त्र विरोधीहरु होसियार लगायतका प्लोकार्ड र ब्यानर बोकेर विरोध जनाएका छन् ।