बलभद्र थारुसहित एमाले मोरङका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

बलभद्र थारुसहित एमाले मोरङका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

कहिरन समाचार

नेकपा एमाले मोरङका नेता बलभद्र सरदार थारू माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

थारूसहित मोरङ एमालेका विभिन्न पदमा सक्रिय नेता कार्यकर्तालाई शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवेश गराएका हुन्।

सो क्रममा अध्यक्ष प्रचण्डले मोरङका महत्वपूर्ण व्यक्तित्व बलभद्र थारुसहितका नेताहरुको प्रवेशले मोरङमा माओवादी पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे।

बूढीगंगा गाउँपालिका अध्यक्षमा एमालेका तर्फबाट उम्मेदवार भएका थारू कांग्रेसका जितनारायण थापा मगरसँग पराजित भएका थिए। मगरले ८ हजार २९९ मत ल्याई विजयी हुँदा एमाले उम्मेदवार बलभद्र सरदार थारूले ७ हजार ८८० मत ल्याएका थिए।

नवप्रवेसीलाई योग्यताअनुसारको जिम्मेवारी दिइने प्रचण्डले आश्वासन दिएका छन्।