गोर्बाचोभको अन्त्येष्टि आज

गोर्बाचोभको अन्त्येष्टि आज

कहिरन समाचार

अन्तिम सोभियत नेता मिखाइल गोर्बाचेभको आज अन्त्येष्टि गरिने भएको छ । रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले गोर्बाचेभको अन्त्येष्टिमा भाग लिने भएका छन् । आज मस्कोमा हुने अन्त्येष्टिमा राजदूत सुलिभान सहभागी हुने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।

रक्तपातबिना शीतयुद्ध अन्त्य गरेका गोर्बाचोभको मंगलबार ९१ वर्षको उमेरमा एक अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्युप्रति विश्वका नेताहरुले समवेदन व्यक्त गरेका छन् । स्वदेशमा खलनायक साबित भएका गोर्बाचोभलाई पश्चिमा देशले भने नायक मान्छन् ।

सोभियत संघ विघटन गरेका गोर्बाचोभलाई अधिकांश रुसीले मन पराउँदैनन् । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन गोर्बाचोभको अन्त्यष्टिनमा सहभागी नहुने विवरण सार्वजनिक भएको थियो ।