हर्क साम्पाङको चिठी पाएपछि हवाई नीतिविरूद्ध विमानस्थलको अध्ययन गर्न निर्देशन

हर्क साम्पाङको चिठी पाएपछि हवाई नीतिविरूद्ध विमानस्थलको अध्ययन गर्न निर्देशन

कहिरन

सामाजिक सञ्जालमा सक्रिय रहने धरानका मेयर हर्क साम्पाङ सञ्जालबाटै प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई प्रश्न सोधिरहेका हुन्छन्।

प्रश्न सोध्ने मात्र होइन, धरानका लागि आवश्यक पर्ने विकास आयोजनाहरूबारे उनी सामाजिक सञ्जालबाटै मन्त्री तथा प्रधानमन्त्रीसँग अनेकौं मागसमेत राख्छन्।

यसपटक पनि उनले त्यसै गरे।

कात्तिक २२ गते बुधबार मेयर साम्पाङले आफ्नो फेसबुकमार्फत् एउटा पत्र सार्वजनिक गरे। उक्त पत्रमा उनले धरानमा विमानस्थल निर्माणका लागि आवश्यक पहल गरिदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेका थिए।

धरान–१७ मा पर्ने डाँडा घोपा क्षेत्रमा विमानस्थल निर्माण गर्न भनेर यती इन्कर्पोरेटेड प्रालिले स्थानीयवासीसँग दुई दशकअघि नै करिब सात बिघा जग्गा खरिद गरेको थियो। तर हालसम्म विमानस्थल नबनेको भन्दै मेयर साम्पाङले उक्त क्षेत्रमा विमानस्थल निर्माणको पहल गरिदिन मन्त्रालयलाई आग्रह गरेका थिए।

विमानस्थल बनाउन जग्गा बिक्री गरेका स्थानीयसँग यती इन्कर्पोरेटेडले विमानस्थल नबनेको अवस्थामा किनेकै मूल्यमा जग्गा फिर्ता गर्ने सम्झौता गरेको थियो। त्यसैअनुसार स्थानीयले जग्गा फिर्ताको माग गर्न थालेको पनि मेयर साम्पाङले मन्त्रालयलाई लेखेका छन्।

प्राधिकरणका अनुसार विराटनगर विमानस्थलमा हाल दैनिक २५ वटाभन्दा बढी जहाजले उडान र अवतरण गरिरहेका छन्। यो विमानस्थल अझै पूर्ण क्षमतामा भने नचलेको प्राधिकरणले जनाएको छ।