प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाए

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाए

कहिरन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद नियमति बैठक मंगलबार बस्ने भएपनि प्रधानमन्त्रीले सोमबार नै बैठक बोलाएका हुन् । आजको बैठकमा नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको बुझिएको छ ।

उपरथी पाण्डेले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मालाई राजिनामा बुझाएका थिए । सेनाको जंगी अड्डाले सोही दिन पाण्डेको राजीनामा रक्षामन्त्रालयमा पठाएको थियो । पाण्डेको जन्ममिति र शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका थिए ।