पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली महिला पाइलट भावना म्याराथन’ मा सहभागी

पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली महिला पाइलट भावना म्याराथन’ मा सहभागी

कहिरन

पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली महिला पाइलट भावना पन्त ‘नवौँ धारा नेपालगन्ज म्याराथन’ मा सहभागी हुने भएकी छन् । नेपाल एयरलाइन्समा कार्यरत पाइलट भावनाले टिमको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर २०७९ फागुन २४ गते पहिलो पटक एयरबसलाई काठमाडौँ-दुबई-काठमाडौँ सफल उडान भरेकी थिइन् ।

अन्तर्राष्ट्रिय उडानहरूमा व्यस्त क्याप्टेन भावनाले नेपालगन्ज म्याराथनका सहभागीहरूसँग सुर्खेत रोडमा ऐक्यबद्धता जनाउनुका साथै अघिल्लो दिन हुने नेपालगन्ज कनक्लेभमा प्यानलिस्ट भएर अनुभव बाँड्नेछिन् । महिला सशक्तीकरण सम्बन्धी ‘आकाश धर्ती बराबरी’ सत्रमा उनी सहभागी हुनेछिन् ।

‘म्याराथनको टेष्ट लिन निकै आतुर छु । ’ हङ्कङ उडान भर्नुअघि उनले आयोजकसँग भनेकी छन्, ‘अझ कनक्लेभमा महिला दिदी—बहिनीहरूसँग आफ्नो अनुभव बाँड्न पाउने अवसरले मलाई निकै उत्साही बनाएको छ ।’

नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत् अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता ९२०६३ मंसिर ५० को स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष मंसिर ५ गते नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ ।

यटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो ।

जापानको ओशाकामा भएको २३औँ सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने अपेक्षा आयोजकले गरेको छ । एम्सबाट ४२.१९५ किलोमिटर, २१ किलोमिटर, १० किलोमिटर र पाँच किलोमिटर दौड प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौँ पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । यसैगरी दोस्रो संस्करणमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भूमिराज राई, पाँचौँमा सेनाका भिमबहादुर साउद, छैटौँमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौँमा एपीएफकै किरणसिंह बोगटी र आठौँ संकरणमा सेनाकै खडकबहादुर खड्का विजेता बनेका थिए ।

यसैगरी महिला हाफ म्याराथनतर्फ सातौँ र आठौँ संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन् । पहिलो संस्करणमा एपीएफकी कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौँमा आर्मीकी पुणर्लक्ष्मी न्यौपाने र छैटौँमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुन् ।