इन्डोनेसियामा २५० हेक्टर क्षेत्रफल ओगटेको दक्षिण पूर्व एसियाकै सबैभन्दा ठुलो सौर्य प्लान्ट स्थापना

इन्डोनेसियामा २५० हेक्टर क्षेत्रफल ओगटेको दक्षिण पूर्व एसियाकै सबैभन्दा ठुलो सौर्य प्लान्ट स्थापना

कहिरन

इन्डोनेसियामा २५० हेक्टर क्षेत्रफल ओगटेको दक्षिण पूर्व एसियाकै सबैभन्दा ठुलो सौर्य प्लान्ट स्थापना ल्याएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पश्चिम जाभा प्रान्तको सिराटा जलाशयभन्दा माथि २५० हेक्टर क्षेत्रफल ओगटेको दक्षिण पूर्व एसियाकै सबैभन्दा ठुलो तैरिरहेको सौर्य प्लान्टको उद्घाटन गरेका हुन् ।

चीनको पावर चाइना हुआडोङ इन्जिनियरिङ कर्पोरेसन लिमिटेडद्वारा निर्माण गरिएको यो पावर प्लान्ट इन्डोनेसियाको राज्य विद्युत् निगम पीएलएन र संयुक्त अरब इमिरेट्सको ऊर्जा कम्पनी मस्दारबीच १४ करोड ५० लाख अमेरिकी डलरको लगानीमा निर्माण गरिएको हो । ३ लाख ४० हजार भन्दा बढी सौर्य प्यानलहरू भएको जलाशयको सतहमा फैलिएको १९२ मेगावाट–पीक क्षमताको पावर प्लान्टले वार्षिक ३ सय मिलियन किलोवाट–घण्टा ऊर्जा उत्पादन गर्न सक्छ ।

विडोडोले कार्बन उत्सर्जन घटाउने र सन् २०६० सम्ममा शुद्ध शून्य उत्सर्जन गर्ने लक्ष्यलाई पछ्याउन देशको प्रयासलाई समर्थन गर्न नवीकरणीय ऊर्जा क्षमता प्रयोग गर्न प्रोत्साहन पनि गरे ।