पोर्चुगलको राजदूतमा शनिल नेपाल सिफारिस

पोर्चुगलको राजदूतमा शनिल नेपाल सिफारिस

कहिरन

पोर्चुगलको राजदूतमा शनिल नेपाल सिफारिस भएका छन्।

बिहीबारको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा दूतावास स्थापना गर्ने र शनिललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।

शनिल कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञका रूपमा सक्रिय थिए।

उनी पाल्पाका हुन्। उनी नेविसंघ त्रिवि समिति अध्यक्षसमेत थिए। उनले अंग्रेजी साहित्य र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।