नेकपा (एस)को सचिवालय बैठक सुरु

नेकपा (एस)को सचिवालय बैठक सुरु

कहिरन

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को सचिवालय बैठक सुरु भएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।

बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ । जागरण अभियानताका झन्डै ३ लाख ५० हजारसँग प्रत्यक्ष भेटघाट भएको र झन्डै १० हजार कार्यकर्ता पार्टी प्रवेश गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले बताएको छ ।

त्यस्तै, माघमा हुने महाधिवेशनबारे आन्तरिक गृहकार्य र छलफल हुने बताइएको छ । साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र अध्यक्ष माधवकुमार नेपालको आसन्न चीन भ्रमणका साथै समसामयिक राजनीतिबारे छलफल हुने बताउनुभयो ।