मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको साइबर ब्‍यूरोले गर्‍यो सोधपुछ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको साइबर ब्‍यूरोले गर्‍यो सोधपुछ

कहिरन

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आइतबार दिउँसो भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्‍यूरोमा बोलाएर केहीबेर सोधपुछ गरिएको प्रहरीले जानकारी दिएको छ।

अनुसन्धान अधिकृतले केही विषयमा बुझ्नका लागि प्रसाईंलाई बोलाएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताए।

के विषयमा प्रसाईंसँग सोधपुछ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन। ‘केही कुरा भेरिफाइ गर्नुपर्ने भएकाले अनुसन्धान अधिकृतले बोलाउनुभएको थियो,’ प्रवक्ता रायले भने।

साइबर ब्यूरोबाट फर्किएपछि प्रसाईंले भने आफूले धेरै बोलेकाले प्रहरीले नबोल्न आग्रह गरेको बताए।

‘मलाई पक्रेर बाहिर गएका युवाहरू फर्किएर आउँछन् भने थुन्नु भनेको छु। बोल्दाखेरि तपाईंको भाषाले देशको माहोल बिग्रिँदैछ भनेर उहाँहरूले भन्नुभयो। गरिबको भाषा बोलेको हुँ भनेर मैले भनेँ,’ प्रसाईंले पत्रकारहरूसँग भने।