डोकुको चार एसिस्ट

डोकुको चार एसिस्ट

कहिरन

२१ वर्षीय बेल्जियन युवा खेलाडी जेरेमी डोकुले एकै खेलमा चारवटा गोलको अवसर सिर्जना गर्दा साबिक विजेता म्यानचेस्टर सिटीले बोर्नेमाउथमाथि गोल वर्षा गरेको छ । शनिबार प्रिमियर लिगमा सिटी ६–१ गोलले विजयी बन्यो ।

रेनबाट यो सिजन सिटी भित्रिएका डोकुले खेलको ३० औँ मिनेटमा टोलीका लागि सुरुवाती गोल पनि गरे । ३३ औँ मिनेटमा उनले बर्नार्डो सिल्भाका लागि गोलको अवसर सिर्जना गरे भने उनैको पासमा ३७ औँ मिनेटमा म्यानुअल अकान्जीले टोलीको तेस्रो गोल गरे ।

६४ औँ मिनेटमा डोकुले फिल फोडेनलाई गोलको अवसर सिर्जना गरे भने ८३ औँ मिनेटमा उनको एसिस्टमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरे । ७४ औँ मिनेटमा सिटीका लागि लुइस सिनिसटेराले बोर्नेमाउिथका लागि एक गोल फर्काए पनि उक्त गोल सान्त्वना गोल मात्र बन्न पुग्यो ।

नाथान अकेले ८८ औँ मिनेटमा सिटीका लागि छैटौँ गोल गरे । जीतपछि ११ खेलबाट २७ अङ्क बटुल्दै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।