आईसीसी टी–२० विश्वकप छनोट फाइनल : नेपालले टस जितेर ब्याटिङ गर्दै

आईसीसी टी–२० विश्वकप छनोट फाइनल : नेपालले टस जितेर ब्याटिङ गर्दै

कहिरन

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपालले ओमानको सामना गरिरहेको छ  ।

आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको छ  । सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल तथा बहराईनलाई हराउँदै ओमानले उपाधि भिडन्त पक्का गरेका हुन् ।

फाइनलमा पुगेका दुवै टोली नेपाल र ओमानले अर्को वर्ष अमेरिका र वेष्ट इंडीजमा हुने टि–ट्वेन्टी विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

समुह चरणमा नेपाललाई हराउँदै समुह विजेता बनेको ओमान आज पनि सोही लय जारी राख्दै उपाधि जित्न चाहन्छ । तर नेपाल भने उक्त हारको बदला लिंदै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।