एक महिना भित्र पाकिस्तान छाडेर जान अफगानी शरणार्थीलाई आदेश

एक महिना भित्र पाकिस्तान छाडेर जान अफगानी शरणार्थीलाई आदेश

कहिरन

एजेन्सी । पाकिस्तान सरकारले २० लाख अफगानी शरणार्थीलाई एक महिनाभित्र पाकिस्तान छाड्न आदेश दिएको छ ।

पछिल्लो समय पाकिस्तानमा भएका ठुला ठुला आत्मघाती विस्फोटका घटनामा अफगानी शरणार्थीको हात रहेको दावी गदै उनीहरुलाई तत्काल पाकिस्तान छाड्न भनिएको छ ।

सयुंक्त राष्ट्र शरणार्थी उच्च आयोग युएनएससीआरका अनुसार पाकिस्तानमा ४० लाख बढी अफगानी शरणार्नीहरु रहेका छन् जसमा कतिपय शरणार्थीको जन्मनै पाकिस्तानमा भएको हो ।

करिव २० लाख बढी शरणार्थी ४० वर्षदेखि पाकिस्तानमा बस्दै आएका छन् । खैवर जनजाती बसोवास रहेको जिल्लाका अब्दुल नासिर खानका अनुसार अफगान तोरखम सीमाबाट करिव २४ हजार अफगानी बुधबार आफ्नो देश प्रवेश गरेका छन् ।

यता पाकिस्तान सरकारले बुधवारसम्म करिव दुइ लाख बढी शरणार्थीले आफ्नो इच्छाले पाकिस्तान छाडेर अफगानस्थान जानुका साथै तीन लाख सीमामा रहेको जनाएको छ ।

अफगानी शरणार्थीहरुले सुरक्षाबलले आफुहरुको सामान समेत निकाल्न नदिइ आफुहरुको घरमा बुलडोजर चलाएका कारण ससाना बच्चासहित भोकभोकै कैयो किलोमिटरसम्म हिडेरै सीमामा आउनु परेको आरोप लगाएका छन् ।

यता सयुक्त राष्टसंघ लगायत पश्चिमी देशहरुले भने पाकिस्तान सरकारलाई जवरजस्ती शरणार्थीहरुलाई निर्वासित नगर्न आग्रह गरको छ ।