काठमाडौंको गोठाटारमा गोली चलेको छ।

काठमाडौंको गोठाटारमा गोली चलेको छ।

कहिरन

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बुधबार दिउँसो २०० ग्राम ब्राउनसुगर र हतियारसहित एक नेपाली र एक भारतीय नागरिकलाई गोली हानेर नियन्त्रणमा लिएको जनाइएको छ।

प्रहरीको गोली लागेर भारतीय नागरिक मोहम्मद करिम घाइते भएका छन्। प्रहरीले एक राउण्ड गोली चलाएको हो।

झापा घर भएका हर्क लिम्बूलाई पनि प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट प्रहरीले दुई सय ग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ।

यस्तै  उनीहरूको साथबाट पेस्तोल र तीन राउण्ड गोली पनि बरामद गरेको छ ।

दाहिने खुट्टामा गोली लागेका घाइते करिमको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।