महासचिव गुटेरेसको सुरक्षामा अन्नपूर्ण आधार शिविरमा खटिएका असईको लेक लागेर मृत्यु

महासचिव गुटेरेसको सुरक्षामा अन्नपूर्ण आधार शिविरमा खटिएका असईको लेक लागेर मृत्यु

कहिरन

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका प्रहरी चौकी घान्द्रुकका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको मृत्यु भएको छ।

महासचिव एन्टोनियो गुटेरेसले  अन्नपूर्ण आधार शिविर भ्रमण गर्ने   हुनाले उनी सुरक्षाका लागि गत शनिबार त्यहाँ पुगेका थिए। फर्किने क्रममा उनी मं‌गलबार अन्नपूर्ण गाउँपालिका-११ स्थित एक होटलमा बास बसेका थिए।

बास बस्ने क्रममा उनको लेक लागेर स्वास प्रस्वासमा समस्या आएको खबर पाएपछि बुधबार बिहान हेलिकप्टरबाट उनलाई पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

बिहान ९:३३ बजे उनलाई पोखराको मणिपाल अस्पताल पुर्‍याइएको थियो। उपचारको क्रममा बिहान ९:४६ मा चिकित्सकले उनलाई मृत घोषणा गरेको कार्यालयले जनाएको छ।

पर्वत मोदी गाउँपालिका-६ का उनी ४२ वर्षका थिए।