आज आंशिक बदली हुन सक्ने

आज आंशिक बदली हुन सक्ने

कहिरन

काठमाडौं । आज दिउँसो देशभर आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर आंशिक बदली हुने पनि विभागले जनाएको छ ।