विश्वकप क्रिकेटमा आज अफ्गानिस्तान र श्रीलंका भिड्ने

विश्वकप क्रिकेटमा आज अफ्गानिस्तान र श्रीलंका भिड्ने

कहिरन

भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा आज अफ्गानिस्तान र श्रीलंका भिड्ने छन् ।

खेल दिउँसो सवा दुई बजे पुनेमा हुनेछ । दुवै टोली प्रतियोगितामा तेस्रो जितको खोजीमा छन् ।

१० टोली सहभागि प्रतियोगितामा ५ खेलबाट श्रीलंका र अफ्गानिस्तानले समान ४–४ अंक जोडेका छन् ।

श्रीलंका तालिकाको पाँचौ स्थानमा छ भने अफ्गानिस्तान सातौं स्थानमा छ । ६ खेलबाट १२ अंक जोडेको भारत शिर्ष स्थानमा रहेको छ ।

हिजो भएको खेलमा इंग्ल्याण्डलाई सय रनले हराउँदै भारतले प्रतियोगितामा शत प्रतिशत जितको यात्रालाई निरन्तरता दिएको हो ।

६ खेलबाट २ अंक मात्रै जोडेका इंग्ल्याण्ड र बंगलादेश तालिकाको पुछारमा रहँदै सेमिफाइनलमा पुग्ने होडबाट बाहिरिएका छन्