प्रतिनिधिसभा बैठकमा दुईवटा विधेयक पेस

प्रतिनिधिसभा बैठकमा दुईवटा विधेयक पेस


काठमाडौँ । प्रतिनिधि सभामा दुई वटा विधेयक पेस भएका छन् । आजको बैठकमा “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रश्तुत भएको छ भने “भन्सार विधेयक, २०८० पेस गरिएको हो ।

दुवै विधेयक अर्थमन्त्री डा। प्रकाशशरण महतको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रश्तुत गरेका हुन् ।

विधेयकमाथि विरोधको सुचना दिनुभएका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पती विदेशमा राख्न नपाउने व्यवस्था गर्नुपर्ने माग गरे । अहिले पनि नेपालीहरुको विदेशमा सम्पती भएको खबर बाहिर आएको भन्दै उनले नेपालीको सम्पतीको सीमाङ्कन गर्न आवश्यक रहेको बताए ।

उनले नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने पनि बताए । उनले देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराईलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाई बिदा कटौति गर्नुपर्ने माग गरे ।

सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारी समेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने बताए ।