मुगु हत्या प्रकरण: छानबिनका लागि विशेष टोली परिचालन

मुगु हत्या प्रकरण: छानबिनका लागि विशेष टोली परिचालन


काठमाडौँ । मुगुको सामुहिक हत्या प्रकरणबारे अनुसन्धान गर्न प्रदेश प्रहरीको विशेष टोली घटनास्थल पुगेको छ ।

छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी तीन छोराछोरी र आमाको हत्याको अनुसन्धानका लागि विशेष अनुसन्धान टोली आज बिहान घटनास्थल पुगेको हो ।

मुगु प्रहरीले हिजोदेखि सिल गरेर राखेको घटनास्थलमा प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र कोहलपुरबाट मुगुका लागि हिडेको कुकुरसहितको टोली घटनास्थलमा पु्गिसकेको छ । अहिले अनुसन्धान शुरु गरिएको मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

सुर्खेतबाट विशेष अनुसन्धान गर्ने वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा ५ सदस्सीय प्रहरी टोली र अर्को तालिमप्राप्त कुकुरसहितको टोली हिजोसाँझ घटनास्थलतर्फ लागेको थियो ।

मन्दु गाउँकी २८ वर्षिया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा ८ महिने छोरा रहर बोहोरा र ८ वर्षिया छोरी अप्सरा बोहराको शव घरभित्रै हिजो फेला परेको थियो ।