इजरायल-हमासबीच जारी युद्ध अन्त्यको पक्षमा नेपालको मतदान

इजरायल-हमासबीच जारी युद्ध अन्त्यको पक्षमा नेपालको मतदान


काठमाडौँ । नेपालले इजरायल र प्यालेस्टाइनको हमास समूहबीच जारी युद्ध अन्त्यको पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भएको मतदानमा नेपालले युद्ध रोक्ने पक्षमा मतदान गरेको हो ।

युद्ध रोक्ने पक्षमा १२० मत परेपछि महासभाले प्रस्ताव पारित भएको घोषणा गरेको छ । प्रस्तावको पक्षमा १२० मत परेको छ भने विपक्षमा १४ देशले मतदान गरेका छन् । नेपालले पक्षमा मतदान गर्दा भारतसहित ४५ देशले भने मतदान गरेनन् ।

गएराति महासभाबाट प्रस्ताव पारित भएपछि शत्रुताको अन्त्य गर्दै तत्काल युद्धविरामको आह्वान गरिएको छ । यद्यपी इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गरेको छ ।

इजरायल हमासबीचको युद्धको आज २२ औं दिन हो । अक्टोबर ७ मा हमासको हमलापछि संयुक्त राष्ट्र संघको पहिलो औपचारिक प्रतिक्रिया आएको हो ।

इजरायल हमासबीचको युद्धका कारण दुवैतर्फ झण्डै ९ हजार जनाले ज्यान गुमाएका छन् ।