श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्किने तयारी

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्किने तयारी

कहिरन समाचार

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किने तयारी गरिरहेका छन्। श्रीलंकाली सञ्चार माध्यमका अनुसार भागेर थाइल्याण्ड पुगेका पूर्वराष्ट्रपति शनिबार स्वदेश फर्कनेछ।

खराब आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाको सरकारविरुद्ध जनताले विद्रोह गरेपछि राजापाक्षे देश छोडेर भागेका थिए।

डेली मिररका अनुसार राष्ट्रपति रनिल विक्रमासिंघेले पूर्व राष्ट्रपति राजापाक्षेलाई स्वदेश फिर्ताको व्यवस्था मिलाएका हुन्।

कोलम्बोको राष्ट्रपति भवन र राजधानीका अन्य धेरै सरकारी भवनहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए।

श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स गएका पूर्वराष्ट्रपति त्यहाँआट सिंगापुर गएका थिए। उनले १३ जुलाइमा सिंगापुरबाटै राजीनामा दिएका थिए।

पछि उनी अस्थायी आश्रय खोज्दै थाइल्याण्ड पुगेका थिए।