उपप्रधानमन्त्री श्रेष्ठ डिस्चार्ज, भोलि स्वदेश फर्कदै

उपप्रधानमन्त्री श्रेष्ठ डिस्चार्ज, भोलि स्वदेश फर्कदै

कहिरन

काठमाडौं । चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार डिस्चार्ज हुनुभएको छ ।

उहाँ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचार पश्चात डिस्चार्ज हुनु भएको हो ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन बिएफआरमा सहभागी हुन बेइजिङ पुगेका बेला श्रेष्ठलाई कात्तिक १ गते हृदयाघात भएको थियो । उहाँको छातीमा स्टेन्ट राखिएको छ ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार प्रकट गर्नुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठ यही कात्तिक ८ गते  बुधबार बिहान स्वदेश फर्कने कार्यक्रम रहेको उहाँकोे सचिवालयले जनाएको छ ।