प्रिमियर लिगमा म्यान्चेस्टर सिटी शिर्षमा

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी शिर्षमा

कहिरन

काठमाडौं । ब्राइटनलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ ।

गएराती आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई २–१ ले हरायो । यो जितसँगै म्यान्चेस्टर सिटीले ९ खेलबाट २१ अंक बटुलेको छ । समान २१ अंक जोडेको आर्सनल गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

गएराति भएको खेलमा आर्सनलले चेल्सीसँग २–२ गोलको बराबरीमा चित्त बुझाउनुप¥यो । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडलाई २–१ ले हराउँदा लिभरपुलले एभर्टनमाथि २–० को जित निकाल्यो ।

गएरातीका अन्य खेलहरुमा वुल्भरह्याम्पटन वान्डरर्सले बर्नमाउथलाई २–१ ले हराउँदा ब्रेन्टफोर्डले बर्नलेमाथि ३–० को जित निकाल्यो । न्युकासल युनाइटेडले क्रिष्टल प्यालेसलाई ४–० ले हराउँदा नटिङ्घम फरेष्ट र लुटन टाउनले २–२ गोलको बराबरी खेले ।