हवाई आक्रमण अझै बढाउने इजरायलको घोषणा

हवाई आक्रमण अझै बढाउने इजरायलको घोषणा

कहिरन

एजेन्सी । इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा जारी राखेको हवाई आक्रमण अझै बढाउने घोषणा गरेको छ ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले इजरायली सेनाले गाजामा आफ्नो आक्रमणलाई अझ भिषण पार्ने चेतावनी दिएका हुन् । यसले युद्धको अर्को चरणमा इजरायली सेनाहरूलाई जोखिम कम गर्ने उनको दावी छ ।

हगारीले गाजा सहरका बासिन्दाहरूलाई यस क्षेत्रको दक्षिणतिर सर्न उर्दी समेत जारी गरेका छन् । त्यसो नगरे उनीहरुको जिवनको रक्षा गर्न नसकिने उनको चेतावनी छ ।

इजरायल–हमास युद्ध सुरु भएपछि पहिलो पटक इजिप्टबाट गाजामा मानवीय सहायता पठाउन अनुमति दिइएको दिनमै इजरायलको यस्तो चेतावनी आएको हो ।