कोशी: मुख्यमन्त्री कार्कीलाई विश्वासको मत, सहमतीय सरकारको तयारी

कोशी: मुख्यमन्त्री कार्कीलाई विश्वासको मत, सहमतीय सरकारको तयारी

भीम विश्वकर्मा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियुक्ति पाएको पाँच दिनमै विश्वासको मत लिएका छन् ।

कांग्रेसको विद्रोही समुहको नेतृत्व गरेर एमालेको समेत समर्थन लिएर मुख्यमन्त्री बनेका कार्कीले आज कूल ९३ सदस्यीय प्रदेशसभामा ८६ मत पक्षमा पाएका हुन् ।

पाचौँ मुख्यमन्त्री बनेका कार्कीले एमालेका ३९, काङ्ग्रेसका २९, माओवादी केन्द्रको १३, एकीकृत समाजवादीको ४ र जसपाको एक मत पाएका हुन् । विपक्षमा राप्रपाको ५ मत खसेको थियो ।

विश्वासको मत पाएसँगै मुख्यमन्त्री कार्कीले सहमतिय सरकारका लागि प्रयास गर्ने बताएका छन् । ‘सहमतीय सरकारका लागि अधिकतम प्रयास हुन्छ, त्यसका लागि संवाद र सहकार्य हुन्छ’ उनले भने ।