महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा

कहिरन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा गरेको छ ।

नगर प्रहरी उपरीक्षक पदमा रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका वैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक पद दिने निर्णय गरेको हो ।
महानगरपालिका नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान छ ।

कार्यपालिका वैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले  एक नम्बरमा पाण्डे, दुई नम्बरमा विष्णु जोशी र तीन  नम्बरमा दिनेश अर्याल सहित ३ जना एसपीको नाम बढुवाको लागि सिफारिस गरेको थियो । जस मध्य कार्यसम्पादन मुल्यांकन, वरियताको आधारमा पाण्डेको नाम एसएसपीमा सर्वसम्मतिले निर्णय गरेको महानगरका प्रवक्ता नविन मानन्धरले बताए ।