नेपाल फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश

नेपाल फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश

कहिरन

नेपाल फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

लाओसको राजधानी भिएनतियान स्थित न्यु लाओस नेशनल स्टेडियममा मंगलबार भएको दोस्रो खेलमा घरेलु टोली लाओसलाई १–० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २–१ को नतिजा सहित दोस्रो चरणमा प्रवेश गरेको हो ।

नेपालको जितमा मनिष डाँगीले विजयी गोल गरे । उनले खेलको ५३औँ मिनेटमा गोल गरेका थिए । यसअघि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा १–१ गोलको बराबरीमा सकिएको थियो ।

 अब समूह एचमा नेपालले बहराईन, युएई र यमनसँग होम एण्ड अवेका आधारमा छनोट चरण खेल्न पाउने छ ।