कात्तिक महिनाका लागि बाणिज्य बैंकहरुको नयाँ ब्याजदर

कात्तिक महिनाका लागि बाणिज्य बैंकहरुको नयाँ ब्याजदर

कहिरन

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार अधिकांश बैंकहरुको ब्याजदर घटाएका छन्।

नयाँ ब्याजदर सूचना अनुसार १४ वटा बैंकले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन्  भने  ४ वटा बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् भने २ वटा बैंकहरुले ब्याजदर बढाएका छन्।
सबैभन्दा बढी ब्याजदर घटाउने बैंक एभरेष्ट बैंक रहेको छ। बैंकले कात्तिकका लागि ब्याजदर १.८३ प्रतिशत विन्दुले घटाएको छ। असोज महिनामा ११.०५४ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर, कात्तिक महिनामा ९.२२४ प्रतिशतमा झरेको छ।
प्राइम कमर्सियल बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट, मेगा बैंकले पनि १ प्रतिशत विन्दु भन्दा बढी ब्याजदर घटाएका छन्।
सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन्। नेपाल एसबिआई बैंक र एनएमबि बैंकले भने ब्याजदर बढाएका छन्। एनएमबि बैंकको ब्याजदर १.०१३ प्रतिशतविन्दुले बढेको हो।
विकास बैंकहरुले पनि कात्तिक महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । विकास बैंकले व्यक्तिगत मुद्दतिमा अधिकतम् १० दशमलव २५ प्रतिशत र संस्थागतमा ८ दशमलव २५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।