गाजामा मानवीय सहयता पुर्‍याउने रुसको प्रस्ताव अस्वीकृत

गाजामा मानवीय सहयता पुर्‍याउने रुसको प्रस्ताव अस्वीकृत

भीम विश्वकर्मा

एजेन्सी । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठकमा रुसले प्यालेस्टाइनको गाजामा जारी लडाईँमा मानवीय सहयता पु¥याउने बारे राखेको प्रस्ताव अस्वीकृत भएको छ ।

रुसी प्रस्तावमा चीन, चीन, गोबान, मोजाम्बिक रुस र युनाईटेड अरब इमिरेट्सले मतदान गरेका थिए । तर फ्रान्स, जापान, बेलायत र अमेरिकाले विपक्षमा मतदान गरे । अल्बानिया, ब्राजिल, इक्वेडर, घाना, माल्टा र स्वीटजरल्याण्ड मतदानमा सहभागी भएनन् ।

रुसले मानवीय युद्धबिराम लागू गरी बन्धको रिहाई, सहायता प्रदान, पीडितहरुलाई सुरक्षित स्थानान्तरणलगायतको प्रस्ताव गरेको थियो ।

संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी सहायता एजेन्सी यूएनआरडब्ल्यूएका अनुसार गाजामा १० लाख मानिस विस्थापित भइसकेका छन् । मृत्यु हुनेहरुको दाहासंस्कारका लागि पर्याप्त सामग्रीसमेत पाउन सकिएको छैन ।

इजरायलले लगातार आक्रमण जारी राखेको छ । आक्रमणमा गाजामा मृत्यु हुनेको संख्या २ हजार ८ सय ७ पुगेको छ । इजरायलमा १४ सय मारिएका छन् । योसँगै दुवैतर्फ गरी मृत्यु हुनेको संख्या ४२ सय र घाइते हुनेको संख्या साढे १० हजार पुगेको छ ।

यस्तै इजरायल र हमासको लडाईँको बीच अमेरिकी राष्ट्रपति बाइडेन इजरायल जाने भएका छन् । राष्ट्रपति बाइडेनले भोलि बुधबार इजरायलको भ्रमण गर्न लागेको अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ ।